Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतमा एकैदिन कोरोना संक्रमणबाट ३७८० जनाको मृत्यु, झन्डै ४ लाख थपिए

भारतमा एकैदिन कोरोना संक्रमणबाट ३७८० जनाको मृत्यु, झन्डै ४ लाख थपिए

  • बुधवार, बैशाख २२ २०७८

  • 1.4K
    SHARES

  • भारतमा एकैदिन कोरोना संक्रमणबाट ३७८० जनाको मृत्यु, झन्डै ४ लाख थपिए

    काठमाडौँ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३ हजार ७ सय ८० जनाको मृत्यु भएको छ ।

    भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि भारतमा गत आइतबार कोरोनाले ३ हजार ६ सय ८९ को मृत्यु भएको थियो ।
    त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ३ लाख ८२ हजार ३ सय १५ जनामा संक्रमण पुष्टि भएको छ ।
    भारतमा अहिलेसम्म २ करोड ६ लाख ६५ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ६९ लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख २६ हजार १ सय ८८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ३७ हजार संक्रमित निको भएका छन् ।

    भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ८७ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १५ लाख ४१ हजार २ सय ९९ नमुना परीक्षण भएको थियो । भारतमा मंगलबारसम्ममा करिब १६ करोड ५ लाख डोज खोप लगाइएको छ ।

     


    बुधवार, बैशाख २२ २०७८१०:४७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij