Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेका लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा, माओवादीमा प्रवेश

एमालेका लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा, माओवादीमा प्रवेश

  • बुधवार, बैशाख २२ २०७८

  • 810
    SHARES

  • एमालेका लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा, माओवादीमा प्रवेश

    काठमाडौँ । लुम्बिनीमा नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिनुभएको छ । दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले आज प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाउनुभएको हो ।

    १९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलप्रति असन्तुष्टि जनाउनुभएको छ ।

    प्रधानमन्त्री ओलीले संसद विघटन गरेर दुई तिहाई बहुमतको बर्खिलाप, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक प्रणाालीलाई नै तहसनहस गरेको, संविधान, विधि र प्रक्रियाको चिरहण गरेको र मुलुकलाई अस्थिर्तातर्फ धकेलेको उहाँले आरोप लगाउनुभएको छ ।

    डाँगीले कम्युनिस्ट आन्दोलन र बृहत वाममोर्चाको पक्षमा रहने प्रतिवद्धता समेत जनाउनुभएको छ । आइतबार विहान मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले एकल बहुमतको सरकारमा दाबी गरेपछि एमालेका सांसदहरुले विद्रोह गरेका थिए ।

    एमालेकै प्रदेशसभा सदस्यले दृगनारायण पाण्डेयले राजीनामा दिनुभएको थियो भने तत्कालिन नेकपाबाट प्रदेशसभामा निर्वाचित बिमला वलीले माओवादी केन्द्र रोज्नुभएको छ ।


    बुधवार, बैशाख २२ २०७८०४:११:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij