Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतमा थपिए ४ लाख १४ हजार संक्रमित, ३,९१५ जनाको मृत्यु

भारतमा थपिए ४ लाख १४ हजार संक्रमित, ३,९१५ जनाको मृत्यु

  • शुक्रवार, बैशाख २४ २०७८

  • 501
    SHARES

  • भारतमा थपिए ४ लाख १४ हजार संक्रमित, ३,९१५ जनाको मृत्यु

    काठमाडौँँ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ४ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३,९१५ जनाको मृत्यु भएको छ ।

    भारतको कूल संक्रमित संख्या २ करोड १४ लाख ९१ हजार पुगेको छ । १ करोड ७६ लाख जना निको भएका छन् । २ लाख ३४ हजारभन्दा बढीको भाइरसले मृत्यु भएको छ ।

    ३६ लाख ४५ हजार सक्रिय संक्रमित संख्या पुगेको छ । दुईदिन देखि भारतमा लगातार ४ लाखभन्दा माथ संक्रमित थपिएका छन् । भारत अहिले विश्वकै दोस्रो भाइरस प्रभावित मुलुक बनेको छ ।


    शुक्रवार, बैशाख २४ २०७८१२:०३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij