Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटासँगै ३ जनाले गरे उम्मेदवारी दर्ता

राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटासँगै ३ जनाले गरे उम्मेदवारी दर्ता

  • शुक्रवार, बैशाख २४ २०७८

  • 1.3K
    SHARES

  • राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटासँगै ३ जनाले गरे उम्मेदवारी दर्ता

    काठमाडौँ । आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपविर्नाचनका लागि तीन जनाले उम्मेदवार दर्ता गरेका छन् । नेकपा एमालेबाट रामबहादुर थापा बादल र विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

    वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् ।

    स्वतन्त्र उम्मेदवार देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नोपल समूहको समर्थन रहेको छ ।

    देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छन् ।

    राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन् ।


    शुक्रवार, बैशाख २४ २०७८०१:२७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij