काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको चार सय वटा अक्सिजन सिलिन्डर लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौं आइपुगेको छ ।
चीनको राजधानी बेइजिङबाट अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलायन्सको एयर बस ए ३३० को जहाज काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
चीलने पहिलो चरणमा चार सय वटा अक्सिजन सिलिन्डर र २० भेन्टिलेटर दिएको छ ।
चीनले नेपाललाई २० हजार वटा अक्सिजन सिलिन्डर अनुदानमा दिने बताएको छ । त्यसैमध्ये पहिलो चरणमा चार सय अक्सिजन सिलिन्डिर दिएको हो ।
कोरोना भाइरसको दोस्रो लहर चलेसँगै नेपालमा अक्सिजन सिलिन्डरको अभाव भएको छ । भारतमा पनि कोरोनाको संक्रमण तीव्र भइरहेकाले अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री आयात गर्न कठिनाइ भएकाले सरकारले चीनलाई गुहारेको बताइएको छ ।