Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतमा थप ३ लाख ४८ हजारभन्दा बढीमा कोरोना संक्रमण, ४२ सयको मृत्यु

भारतमा थप ३ लाख ४८ हजारभन्दा बढीमा कोरोना संक्रमण, ४२ सयको मृत्यु

  • बुधवार, बैशाख २९ २०७८

  • 921
    SHARES

  • भारतमा थप ३ लाख ४८ हजारभन्दा बढीमा कोरोना संक्रमण, ४२ सयको मृत्यु

    एजेन्सी ।  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ ।

    लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख ४८ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

    संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

    पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ३३ लाख ४० हजार ४५६ पुगेको छ ।

    यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ९३ लाख ७६ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ९ हजार ५५७ छ ।

    यस्तै त्यहाँ एकैदिन ४२ सय संक्रमितको मृत्यु भएको छ ।

    दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ५४  हजार २२५ पुगेको छ ।


    बुधवार, बैशाख २९ २०७८०७:०१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij