Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बहुमतको सरकार बनाउन माधव र महन्थसँगै विदेशी हस्तक्षेप पनि हाबी भएको तीन नेताको निष्कर्ष

बहुमतको सरकार बनाउन माधव र महन्थसँगै विदेशी हस्तक्षेप पनि हाबी भएको तीन नेताको निष्कर्ष

  • शुक्रवार, बैशाख ३१ २०७८

  • 713
    SHARES

  • बहुमतको सरकार बनाउन माधव र महन्थसँगै विदेशी हस्तक्षेप पनि हाबी भएको तीन नेताको निष्कर्ष

    काठमाडौं । वैकल्पिक सरकार निर्माणमा भएका असफलताबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले समीक्षा गरेका छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज समीक्षा गरेको हो ।

    समीक्षामा सभापति देउवासागै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव उपस्थित थिए ।

    सो क्रममा वैकल्पिक सरकार निर्माणमा भएका प्रयत्न र कमजोरीबारे चर्चा भएको देउवानिकट स्रोतले बताएको छ ।

    बैठकमा सहभागी एक नेताका अनुसार जसपाको महन्थ ठाकुर पक्ष र एमालेको माधव नेपाल समूह प्रधानमन्त्री केपी ओलीको निरन्तरताको कारक रहेको निष्कर्ष बैठकले निकालेको छ । साथै, विदेशी चलखेल पनि हाबी भएको बैठकको ठहर छ ।


    शुक्रवार, बैशाख ३१ २०७८०२:४८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij