Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विश्वभर कोरोनाबाट १४ करोड १४ लाखभन्दा बढी निको भए

विश्वभर कोरोनाबाट १४ करोड १४ लाखभन्दा बढी निको भए

२४ घण्टामा संक्रमितभन्दा निको हुने धेरै
  • शनिवार, जेठ १ २०७८

  • 1.1K
    SHARES

  • विश्वभर कोरोनाबाट १४ करोड १४ लाखभन्दा बढी निको भए

    एजेन्सी । विश्वभर १४ करोड १४ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

    पछिल्लो २४ घण्टामा ७ लाख ७८ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा झण्डै एक लाखले धेरै हो ।

    पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १४ करोड १४ लाख ४८ हजार ९६३ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८७.०३५ प्रतिशत हो ।

    यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ९० हजार ६६४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १६ करोड २५ लाख २० हजार ६४९ पुगेको छ ।

    होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७६ लाख ९९ हजार १७६ छ । यसमध्ये १ लाख ३ हजार ६२७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३३ लाख ७० हजार ७५४ पुगेको छ  । पछिल्लो २४ घण्टामा १२ हजार ५०३ जनाको मृत्यु भएको छ ।

    कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ९९ हजार २९९ जनाको मृत्यु भएको छ ।

    यसैगरी ब्राजिलमा ४ लाख ३२ हजार ७८५ जनाको मृत्यु भएको छ । दोस्रो लहरको अति प्रभावित मुलुक भारतमा २ लाख ६६ हजार २२९ जनाको मृत्यु भएको छ ।

    यस्तै  रूसमा १ लाख १५ हजार ‍११६ जना, बेलायतमा १ लाख २७ हजार ६६८ जना, फ्रान्समा १ लाख ७ हजार ४२३ जना, इटालीमा १ लाख २३ हजार ९२७ जनाको मृत्यु भएको छ ।


    शनिवार, जेठ १ २०७८०७:२६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij