Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images
जसपा विवाद :

उपेन्द्र–बाबुराम पक्षको बैठक बस्दै, महन्थ-राजेन्द्र पक्षलाई कारवाही गर्ने सम्भावना कति ?

उपेन्द्र–बाबुराम पक्षको बैठक बस्दै, महन्थ-राजेन्द्र पक्षलाई कारवाही गर्ने सम्भावना कति ?

  • शनिवार, जेठ १ २०७८

  • 1.6K
    SHARES

  • उपेन्द्र–बाबुराम पक्षको बैठक बस्दै, महन्थ-राजेन्द्र पक्षलाई कारवाही गर्ने सम्भावना कति ?

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूहले केन्द्रीय कार्यकारिणी समितिको बैठक अहिले काठमाडौंमा बसिरहेको छ ।

    शुक्रबार अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता चयन गरेपछि अर्का अध्यक्ष यादव र डा. भट्टराईपक्षले बैठक बोलाएको हो ।

    बैठक १ बजेपछि सुरु भएको कार्यकारिणी सदस्य इस्तियाक राईले जानकारी दिनुभयो ।

    पार्टी विधानविपरित काम भएकाले त्यसैको विषयमा छलफल गर्न बैठक बोलाइएको उहाँको भनाइ छ ।

    बैठकले पार्टीको विधानविपरित जानेहरुलाई कारवाही गर्नसक्ने सदस्य राईले बताउनुभयो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा जसपाभित्र दुई धार देखिएको थियो ।

    उपेन्द्र–बाबुराम पक्षले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । अर्कातिर महन्थ पक्षका १५ जनाले ओलीलाई विश्वासको मत दिएका थिए ।

    शुक्रबार मात्र ठाकुर पक्षले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो ।


    शनिवार, जेठ १ २०७८०१:२०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij