Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण, १८७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण, १८७ जनाको मृत्यु

 ५ हजार ४ सय ५५ संक्रमित डिस्चार्ज
  • शनिवार, जेठ १ २०७८

  • 891
    SHARES

  • पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण, १८७ जनाको मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो केही दिन यता कोरोना संक्रमण र मृत्युदर घट्दै गएको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ हजार ९ सय ७१ पीसीआर तथा ५ सय ७७ एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ९ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार १४६, भक्तपुरमा ३४७ र ललितपुरमा ४४४ जना कोरोना संक्रमित थपिएका हुन्।

    यो संगै कुल संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४८५६ पुगेको छ ।

    आज थप ५ हजार ४ सय ५५ संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिसचार्ज हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ।

    नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको छ । क्वारेन्टाइनमा ६७५ जना छन् ।
    पीसीआर परीक्षण भने २७ लाख ५१ हजार ४८१ पुगेको छ ।


    शनिवार, जेठ १ २०७८०६:१८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij