Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतले बनायो कोरोनाको पहिलो औषधि, सार्वजनिक कहिले ?

भारतले बनायो कोरोनाको पहिलो औषधि, सार्वजनिक कहिले ?

  • सोमवार, जेठ ३ २०७८

  • 1.2K
    SHARES

  • भारतले बनायो कोरोनाको पहिलो औषधि, सार्वजनिक कहिले ?

    एजेन्सी - भारतले कोरोना भाइरसविरुद्धको औषधि तयार गरेको दाबी गरेको छ । उक्त औषधिलाई आज सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ ।

    २–डिजी नामको कोरोनाविरुद्धको औषधि भारतमा बिरामीका लागि पहिलो भएको दाबीसमेत गरिएको छ । सो औषधि भारतीय रक्षामन्त्री राजनाथ सिंहले आज सार्वजनिक गर्ने बिबिसीले जनाएको छ ।

    भारतीय रक्षा अनुसन्धान तथा विकास संगठन (डिआरडीओ)का अनुसार भारतको औषधि महानियन्त्रक (डिजिसीआई)ले आपतकालीन प्रयोगका लागि यो औषधिलाई अनुमति दिएको थियो ।

    रक्षामन्त्री सिंहका अनुसार यो औषधि डिआरडिओको इन्स्टिच्युट अफ न्यूक्लियर मेडिसिन एण्ड अलायर साइन्सेज (इनमास)ले औषधि बनाउने कम्पनी डाक्टर रेड्डीज लेबोरेट्रीजसँग मिलेर विकसित गरेको हो ।

    २–डिजीले कोभिड–१९ का बिरामीको अक्सिजनमाथिको निर्भरतालाई कम गर्न सहयोग गर्ने जनाइएको भारतीय अनुसन्धानकर्ताहरुको दाबी छ ।


    सोमवार, जेठ ३ २०७८११:५३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij