Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कति उपयोगी छ कोरोना संक्रमितका लागि प्लाज्मा थेरापी ?

कति उपयोगी छ कोरोना संक्रमितका लागि प्लाज्मा थेरापी ?

  • सोमवार, जेठ ३ २०७८

  • 1.7K
    SHARES

  • कति उपयोगी छ कोरोना संक्रमितका लागि प्लाज्मा थेरापी ?

    कोरोना भाइरस (कोभिड–१९)को औषधि पत्ता लगाउन अहिले संसारभरका चिकित्सक तथा वैज्ञानिक लागिपरेका छन् । यद्यपि, हालसम्म यसको पूर्ण उपचार पद्धति भने पत्ता लागेको छैन । यसैबीच, रोग प्रतिरोधी क्षमतामा वृद्धि ल्याउन विभिन्न खोपसागै थेरापीको पनि प्रयोग हुने गरेको छ । जसमध्ये कन्भलेसेन्ट प्लाज्मा थेरापी (सिपिटी) पनि एक हो । सिपिटीको प्रयोग लामो समयदेखि सार्स कोभिड, एच १ एन १, मर्स कोभिडका सक्रमितमा हुँदै आएको छ । यस्ता भाइरससँग कोभिड–१९ का केही लक्षण मिल्ने गरेका छन् । यसर्थ, यो थेरापी कोरोना संक्रमितका लागि पनि प्रभावकारी हुन सक्ने अनुमान गरिएको छ । तर, कुनै वैज्ञानिक प्रमाण भने छैैन ।

    के हो प्लाज्मा ?

    -प्लाज्मा रगतमा पाइने एक किसिमको तरल पदार्थ हो । रगतबाट छुट्याएपछि यो हलुका पहेँलो रङमा देख्न सकिन्छ । यसले शरीरमा आवश्यक पर्ने भागमा प्रोटिन पु¥याउने काम गर्छ । रगतमै पाइने एन्टीबडी पनि एक किसिमको प्रोटिन हो । यसले शरीरमा विभिन्न किसिमका रोगबाट हुने आक्रमणको प्रतिरोध गर्छ ।

    के हो कन्भलेसेन्ट प्लाज्मा थेरापी ?

    plasma-therapy-corona_tj4sCBQJHq.jpg

    -सामान्यतया, भाइरल रोगको कुनै विशेष उपचार पद्धति हँुदैन । जटिलताका आधारमा यस्ता रोगको उपचार गरिन्छ । त्यस्तै, नयाँ देखिएको कोभिड–१९ को पनि अहिलेसम्म कुनै उपचार पद्धति पत्ता लागेको छैन । भाइरससँग लड्नका लागि शरीरमा प्रतिरक्षा प्रणाली (इम्युनिटी सिस्टम)ले काम गरिरहेको हुन्छ । जसले रगतको माध्यमबाट इम्युनोग्लोबुलिन उत्पादन गर्छ । प्लाज्मा थेरापीको माध्यमबाट रगतबाट उक्त इम्युनोग्लोबुलिनलाई हटाइन्छ । कुनै भाइरसको संक्रमणका कारण शरीरमा एन्टिबडीले काम गर्न असमर्थ हुँदा वा रोगबाट निको हुने सम्भावना कम भएमा प्लाज्मा थेरापीको विधि अपनाइन्छ ।

    -प्रतिरक्षा प्रणालीले शरीरमा एन्टिबडी विकास गर्न र भाइरसविरुद्ध लड्नका लागि खोप दिइने गरिन्छ । तर, कोरोनाविरुद्ध अहिलेसम्म कुनै भ्याक्सिन पत्ता लागेको छैन । एक अध्ययनअनुसार, मानव शरीरले कोरोनाविरुद्ध लड्नका लागि प्रतिरोधी क्षमता विकास गर्न कम्तीमा १० देखि १४ दिन लाग्ने गर्छ । यदि, सुरुवातीको चरणमै बिरामीमा प्लाज्मा थेरापी अपनाउने हो भने भाइरससँग लड्ने क्षमतामा वृद्धि गर्न सकिन्छ ।

    -प्लाज्मा थेरापी एकदमै छोटो समयमा गरिन्छ । शरीरमा रगत जम्मा गरेर प्लाज्मालाई मेसिनको माध्यमबाट छुट्याइन्छ र बाँकी रगत शरीरमै फिर्ता पठाइन्छ । सामान्यतया, यो विधि भाइरसले ल्याउने जटिलतालाई कम गर्न सहयोगी हुन्छ । कोरोनाका केही बिरामीमा यो विधि प्रयोग गरिए पनि यसबारे विज्ञानले पूर्ण रूपमा प्रमाणित गरेको छैन । तर, प्लाज्मा थेरापीले कतिपय अवस्थामा अन्य समस्या पनि सिर्जना गर्न सक्ने भएकाले सबै बिरामीका लागि उपयुक्त नहुन सक्छ ।

    (एजेन्सीको सहयोगमा)

     


    सोमवार, जेठ ३ २०७८०४:१९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij