Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री थापालाई मतदान गर्न जारी गर्यो राप्रपाले ह्विप

गृहमन्त्री थापालाई मतदान गर्न जारी गर्यो राप्रपाले ह्विप

  • बुधवार, जेठ ५ २०७८

  • 954
    SHARES

  • गृहमन्त्री थापालाई मतदान गर्न जारी गर्यो राप्रपाले ह्विप

    काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार रहेका गृहमन्त्री रामबहादुर थापालाई मत दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ह्विप जारी गरेको छ ।

    थापालाई मत दिन एमालेबाट पार्टीलाई औपचारिक पत्र प्राप्त भएकोले मत दिनेबारे निर्णय भएको राप्रपाले जनाएको छ ।

    बागमती प्रदेशमा २०७४ सालमा भएको निर्वाचनमा थपा नेकपा (माओवादी केन्द्र)बाट बिजयी हुनुभएको थियो । एमाले प्रवेशसँगै उहाँलाई माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो ।

    यता, माओवादी केन्द्र, नेपाली कांग्रेसलगायतको समर्थनमा खिमलाल देवकोटा विपक्षी गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ ।

    बागमतीमा राप्रपाको कुल १ सय ३२ मतभार छ । उपनिर्वाचन बिहीबार हुँदै छ ।


    बुधवार, जेठ ५ २०७८१२:३५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij