Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओलीले ईश्वर पोखरेललाई किन बोलाउन लगाए पार्टीको आकस्मिक बैठक ?

ओलीले ईश्वर पोखरेललाई किन बोलाउन लगाए पार्टीको आकस्मिक बैठक ?

  • बिहिवार, जेठ ६ २०७८

  • 978
    SHARES

  • ओलीले ईश्वर पोखरेललाई किन बोलाउन लगाए पार्टीको आकस्मिक बैठक ?

    काठमाडौं - सत्तारुढ नेकपा (एमाले)ले पार्टीको स्थायी कमिटीको बैठक आकस्मिक रुपमा बोलाएको छ ।

    प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले आज दिउँसो स्थायी कमिटीको आकस्मिक बैठक बोलाउनुभएको हो ।

    पार्टी अध्यक्ष ओलीसँगको छलफलपछि महासचिव पोखरेलले दिउँसो बालुवाटारमा दिउँसो २ बजेका लागि बैठक बोलाएको स्रोतले जनाएको छ ।

    ‘बालुवाटारमा बस्न लागेको सो बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनमा आफ्ना उम्मेदवार रामबहादुर थापालाई असहयोग गर्ने माधव नेपाल समूहको व्यवहारबारे छलफल हुने छ’, महासचिव पोखरेल निकट स्रोतले नेपाली नेटवर्कसँग भन्यो, ‘साथै नेपाल समूहसँग वार्ता गर्न गठित पाँच सदस्यीय वार्ता टोलीले हालसम्म भएका छलफल र उपलब्धिबारे समेत बैठकमा जानकारी दिने छ ।’

    त्यसैगरी, बैठकमा कोरोना भाइरस संक्रमणको अवस्था, नियन्त्रणको प्रयास र आवश्यक चालिनुपर्ने कदमबारे पनि छलफल हुने बताइएको छ ।

     

     


    बिहिवार, जेठ ६ २०७८१२:१०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij