काठमाडौं - नेकपा (एमाले)ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै १४ जना प्रदेश सांसदसँग स्पष्टिकरण सोध्ने भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित १४ जनासँग २४ घण्टे स्पष्टीकरण माग्ने निर्णय गरेको हो ।
आफ्नै पार्टीका उम्मेवारलाई पराजित गर्न अगुवाई गरेको भन्दै १४ जना प्रदेश सभा सदस्यलाई आइतबार साँझ ५ बजेसम्म स्पष्टीकरण पेश गर्न भनिएको एमालले जनाएको छ ।
स्पष्टीकरण सोधिनेहरु :
१. अष्टलक्ष्मी शाक्य
२. राजेन्द्रप्रसाद पाण्डे
३. अरुणप्रसाद नेपाल
४. वसन्तप्रसाद मानन्धर
५. रचना खड्का
६. कृष्णप्रसाद खनाल शर्मा
७. शान्तिप्रसाद पौडेल
८. मुनु सिग्देल
९. इन्द्रमाया गुरुङ
१०. मिना ज्ञवाली
११. बसुन्धरा हुमागाईँ
१२. लक्ष्मण लम्साल
१३. कुसुमकुमार कार्की
१४.पार्वती सिलवाल ।