Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो, आज कति थपिए?

नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो, आज कति थपिए?

  • शनिवार, जेठ ८ २०७८

  • 1.0K
    SHARES

  • नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो, आज कति थपिए?

    काठमाडौँ – नेपालमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ। शनिबार देशभर ८९८० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको तथ्यांकअनुसार सोही अवधिमा संक्रमितमध्ये ३ लाख ८३ हजार ६८४ जना निको भएका छन् ।

    हाल देशभर १ लाख १५ हजार ८०६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै हालसम्म ६ हजार १५३ जनाले ज्यान गुमाएका छन् । हाल देशमा संक्रमण निको हुने दर प्रतिशतको हिसाबमा ७५.८ रहेको छ ।

    मन्त्रालयका अनुसार संक्रमितमध्ये ३८.५४ प्रतिशत अर्थात १ लाख ९४ हजार ८९१ जना महिला रहेका छन् भने ६१.४६ प्रतिशत अर्थात ३ लाख १० हजार ७५२ जना पुरुष रहेका छन् । संक्रमितमध्ये १.२२ प्रतिशतले ज्यान गुमाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    हालसम्म २८ लाख ९७ हजार ५०३ जनाको पीसीआर परीक्षण भएको छ भने परीक्षण प्रति १० लाखमा ९९ हजार ४४४ जनामा भएको छ ।


    हाल संक्रमण देशका सबै जिल्लामा फैलिएको छ भने केही जिल्लाबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। केही सातायता निरन्तर निषेधाज्ञा जारी भएपनि संक्रमण दर भने घट्न सकेको छैन।

    पछिल्लो २४ घण्टामा नेपालमा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। यो अवधिमा ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १२९ जनाले ज्यान गुमाएका छन् ।


    शनिवार, जेठ ८ २०७८०५:४३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij