Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज कति थपिए संक्रमित, कति जनाले गुमाए ज्यान?

आज कति थपिए संक्रमित, कति जनाले गुमाए ज्यान?

  • सोमवार, जेठ १० २०७८

  • 938
    SHARES

  • आज कति थपिए संक्रमित, कति जनाले गुमाए ज्यान?

    काठमाडौँ – कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ भने ७४२५ संक्रमित थपिएका छन् ।

    देशभरका प्रयोगशालामा १९ हजार ८४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७२२० र ६०७ एन्टिजेन टेष्ट गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जानकारी दियो।

    यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन् ।

    ७ हजार २७६ जना संस्थागत आइसोलेसनमा छन्, जसमध्ये १६९७ जना आईसीयूमा उपचाररत छन् ।

    पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

    हालसम्म संक्रमित भएका ५ लाख २० हजार ४६१ मध्ये ६५३१ जनाको मृत्यु भएको छ ।


    सोमवार, जेठ १० २०७८०५:१९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij