Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
प्रियंकाको सरकारप्रति आक्रोश :

'ए, सरकारमा बस्नेहरु हो देशको स्थिति एकपटक आँखा खोलेर हेर !'

'ए, सरकारमा बस्नेहरु हो देशको स्थिति एकपटक आँखा खोलेर हेर !'

  • शनिवार, जेठ १५ २०७८

  • 1.1K
    SHARES

  • 'ए, सरकारमा बस्नेहरु हो देशको स्थिति एकपटक आँखा खोलेर हेर !'

    काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले महामारी (कोरोना भाइरस)को वेला पनि जनताको दुःख नबुझेको भन्दै सरकारप्रति आक्रोश गरेकी छन् । महामारीविरुद्ध लड्नपर्ने समयमा सरकारले चुनावको घोषणा गरेको भन्दै उनी आक्रोशित भएकी हुन् ।

    अभिनेत्री कार्कीले अहिलेको समयमा देश र जनतालाई चुनाव नचाहिएको स्पष्ट पारेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अनुरोध गर्दै सरकारलाई अहिलेको देशको स्थिति आँखा खोलेर हेर्न आग्रह गरेकी हुन् ।

    'अहिलेको समयमा देश र जनतालाई चुनाव चाहिँदैन । यो अहिलेको प्राथमिकतामा पर्दैन । यति सामान्य कुरा पनि देख्न र बुझ्न नसक्ने ?', उनले फेसबुकमा सरकारमा बस्नेहरुलाई प्रतिप्रश्न गरेकी छिन् ।

    अभिनेत्री कार्कीले यस्तो महामारीमा पनि सरकारले बुझ पचाएको आरोप लगाएकी छिन् ।

    'अहिलेको नाजुक घडीमा ४० अर्ब चुनावमा खर्च गर्ने ? देश र जनतालाई साच्चै यही चाहिएको हो त यो समयमा ? बुझ पचाएर बस्ने ? अझै पनि आफूले आफुसँग नजर मिलाउन सक्छौ ? ए सरकार ? राति निन्द्रा राम्रो लाग्छ ? तिम्रो देश जलिरहेको छ। नेताहरू मरिरहेका छन् । आक्रोश फैलिएको छ। त्रास छ । डर छ', उनले अक्रोशित हुँदै लेखेकी छिन् ।

    अभिनेत्री कार्कीले देश हाँक्ने शक्ति, देशलाई प्रगति र उन्नतिको मार्गमा लैजानु, इमानदारी र जिम्मेवारीका साथ देश र जनताको सेवा र सुरक्षा गर्नु सरकारको दायित्व होइन र ? भन्दै सरकारलाई प्रश्न गरेकी छिन्

    'दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको, अस्पताल, अक्सिजन र भेन्टिलेटरको अभावमा जनताले भोगेका दुख पाइरहेको समयमा अरबौँ खर्च गरेर चुनाव गर्नु उचित होइन', उनको भनाइ छ ।

    Capture.PNG

     


    शनिवार, जेठ १५ २०७८०१:०८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij