Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पर्सामा थुनुवा सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

पर्सामा थुनुवा सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

  • शुक्रवार, श्रावण ९ २०७७

  • 495
    SHARES

  • पर्सामा थुनुवा सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

    पर्सा । पर्सामा ५ जना थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

    वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना थुनुवामा पनि कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतले जनाएको छ । अन्य अधिकांश संक्रमितको भने कन्ट्राक ट्रेसिङमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

    संक्रमित थुनुवाहरुमध्ये ४ जना भारतीय नागरिक हुन् । उनीहरु ३ जना बिहारका र १ जना उत्तर प्रदेशका छन् । कोरोना संक्रमण पुष्टि भएकाहरुलाई अस्पतालमा ल्याउने तयारी भइरहेको गण्डक कोभिड अस्पतालका को–अर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।

    यसैबीच , वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत विरामीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्द गर्न आह्वान गरेको छ ।

    संघका सचिव डा. उदय नारायण सिंहले विज्ञप्ती जारी गर्दै साउन ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्न आग्रह गरेका हुन् । कोरोना संक्रमित भेटिएका कारण एडभान्स अस्पताल पूर्णरुपमा बन्द भइसकेको छ ।


    शुक्रवार, श्रावण ९ २०७७०८:२६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij