Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

परीक्षण घटाइएपछि नयाँ संक्रमित भेटिनेको संख्या घट्यो

परीक्षण घटाइएपछि नयाँ संक्रमित भेटिनेको संख्या घट्यो

  • आइतवार, जेठ १६ २०७८

  • 937
    SHARES

  • परीक्षण घटाइएपछि नयाँ संक्रमित भेटिनेको संख्या घट्यो

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

    पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा कोरोना पुष्टि भएको हो ।

    यही अवधिमा ६२०५ जना निको भएका छन् । कोभिड–१९ बाट थप १०९ जनाले ज्यान गुमाएका छन् ।

    परीक्षणको संख्यामा कमि गरेसँगै पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्यामा कमि देखिएको हो । नेपालमा अझै पनि संक्रमणको दर उच्च रहेको छ । आज पनि परीक्षण गरेकोमा संक्रमणको दर ३४ प्रतिशतभन्दा माथि देखिएको छ । यसअघि दैनिक २० हजारमाथि परीक्षण हुँदै आएकोमा आइतबार यो संख्या १२ हजार ७७० मात्र रहेको छ ।

    शनिबार पनि १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो जसमा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार थप ६०८० जना निको भएका थिए भने ११६ जनाको मृत्यु भएको थियो ।


    आइतवार, जेठ १६ २०७८०५:२२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij