एजेन्सी - चीनले आफ्नो मुलुकमा बस्ने दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने निर्णय गरेको छ । सरकारले दुई सन्तान नीतिमा परिवर्तन गर्दै तीन सन्तानको नीति घोषणा गरेको हो त्यहाँको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीनको जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम रहेको तथ्यांक सार्वजनिक भएपछि चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो मिटिङमा राष्ट्रपति सि जिनपिङले तीन सन्तान जन्माउन पाउने नीतिलाई स्वीकृति दिएका हुन् ।
यसअघि सन् २०१६ मा चीनले विवादित एक सन्तान नीति अन्त्य गरेको थियो । त्यसपछि दम्पत्तीले दुई सन्तान जन्माउन पाउने नीति ल्याएको थियो ।