काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनाकोे पीसीआर विधिबाट परीक्षण गर्दा ४ हजार ६२४ जना र ६ हजार ६३१ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकामा १ हजार ३ सय ८४ कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा ८९७ , भक्तपुरमा १८८ र ललितपुरमा २९९ जना संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । सक्रिय संक्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा, ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेका छन् ।
सोही अवधिमा थप ८ हजार ६६३ जना निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना निको भईसकेका छन् । नेपालमा निको हुने दर ८१.९ प्रतिशत रहेको छ । कोभिड–१९ को संक्रमणबाट थप १०१ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा ७ हजार ७३१ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।