Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री हुँदा ज्ञवालीले कति कमाए ? कति खर्च गरे ? (विवरणसहित)

परराष्ट्रमन्त्री हुँदा ज्ञवालीले कति कमाए ? कति खर्च गरे ? (विवरणसहित)

  • शनिवार, जेठ २२ २०७८

  • 1.2K
    SHARES

  • परराष्ट्रमन्त्री हुँदा ज्ञवालीले कति कमाए ? कति खर्च गरे ? (विवरणसहित)

    काठमाडौं - परराष्ट्रमन्त्रीबाट शुक्रबार बिदा भएलगत्तै प्रदीपकुमार ज्ञवालीले आफ्नो कार्यकालमा भएको कमाइ खर्च विवरण सार्वजनिक गर्नुएको छ । उहाँले आज सामाजिक सञ्चालमार्फत विवरण सार्वजनिक गर्नुभएको हो ।

    ज्ञवालीले मन्त्री रहँदाको अवधिमा विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापतको लेभी ६,२०,००० गरी जम्मा ९,३४,९३० रुपैयाँ पार्टी खातामा जम्मा भएको जानकारी दिनुभएको छ ।

    ‘पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको छ र हाल मेरो खातामा ७,४१,७७५ रुपैयाँ ६० बचत छ’, उहाँले ट्विटरमा लेख्नुभएको छ ।

    सो अवसरमा ज्ञवालीले कार्यकाल अवधिभर सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापनसमेत गर्नुभएको छ ।

    ज्ञवालीको कदमको अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रशंसा गरेका छन् । अन्य नेता तथा मन्त्रीले पनि उहाँबाट सिक्नुपर्ने उनीहरुको बनाइ छ ।

    E3Dd57rVgAIOcLJ.jpg

     


    शनिवार, जेठ २२ २०७८१२:२९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij