काठमाडौँ । नेकपा एमालेको नेपाल–खनाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ ।
गय राति ओलीले ससर्त पार्टीलाई जेठ २ मा फर्काउने निर्णय लिएपछि खनाल–नेपाल पक्षले आज बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो ।
आजको बैठकले ओलीको वक्तव्यबारे औपचारिक धारणा सार्वजनिक गर्ने नेपाल–खनाल समूहकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य जानकारी दिनु भएको छ
एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा पुर्याउन अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको ६ बुँदे अपीलपछि माधवकुमार नेपाल समूहभित्र मतभेद देखिएको छ ।
ओलीको ६ बुँदे अपीललाई कतिपय नेताले पार्टी एकताका लागि सकारात्मक रहेको बताएका छन् भने कतिपय नेताहरूले अझै पनि ओली छलछामबाट अघि बढ्न खोजेको आरोप लगाएका छन् ।