Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु

वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु

  • शुक्रवार, श्रावण ९ २०७७

  • 805
    SHARES

  • वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु

    काठमाडौं । वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको आज बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।

    डा. सिंहका अनुसार उनी मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् ।

    साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई हिजो एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।


    शुक्रवार, श्रावण ९ २०७७०३:१५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij