Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम पेश गर्ने, विपक्षीको यस्तो छ आरोप

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम पेश गर्ने, विपक्षीको यस्तो छ आरोप

  • मंगलवार, जेठ २५ २०७८

  • 1.7K
    SHARES

  • लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम पेश गर्ने, विपक्षीको यस्तो छ आरोप

    काठमाडौं - लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्दै छ । प्रदेश सरकारको हिजो बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्नका लागि सिफारिस गरेको थियो ।

    अपरान्ह ४ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारका प्रवक्ता एवं आार्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताउनुभयो ।नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, कोरोना महामारीले थलिएको अर्थतन्त्रलाई उकास्ने, पुराना र अधुरा योजनाको निरन्तरतालाई प्राथमिकतामा राखिएको प्रवक्ता चौधरीले बताउनुभयो ।

    विपक्षी दलहरुले नीति तथा कार्यक्रमपछि विनियोजन विधेयक पेश गर्नुपर्नेमा पहिल्यै विनियोजन विधेयक पेश गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । सरकार अल्पमतमा परेकाले संसद छलेर अध्यादेशबाट बजेट ल्याउने नियतले नीति तथा कार्यक्रम अगावै विनियोजन विधेयक ल्याइएको विपक्षी दलहरुको आरोप छ ।

    राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभाका ८३ जना सांसदमध्ये सत्ता पक्षका उम्मेदवारले ४० मत मात्र पाएका थिए । सोही आधारमा विपक्षी दलहरुले अल्पमतमा परेको भन्दै मुख्यमन्त्रीको राजीनामा वा बहुमत सिद्ध गर्न विश्वासको मत लिन माग गर्दै आएका छन् ।


    मंगलवार, जेठ २५ २०७८०२:३४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij