Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेललाई प्राध्यापकको खुलापत्र :

‘मुख्यमन्त्रीज्यू, हिम्मत छ भने विश्वासको मत लिएर देखाउनुहोस् !'

‘मुख्यमन्त्रीज्यू, हिम्मत छ भने विश्वासको मत लिएर देखाउनुहोस् !'

  • नुरजंग केसी
  • मंगलवार, जेठ २५ २०७८

  • 1.6K
    SHARES

  • ‘मुख्यमन्त्रीज्यू, हिम्मत छ भने विश्वासको मत लिएर देखाउनुहोस् !'

    माननीय मुख्यमन्त्री शंकरप्रसाद पोखरेलज्यू,
    नमस्कार !

    Shankar-Pokhrel_TxGlMQTmy8.jpg

    आज म तपाईंलाई कोभिड –१९ महामारीको कारणले प्रदेशवासीमा भएको बिचल्ली, रुवावासी,तपाईंका मानिसले डाक्टर नर्समाथि हातपात गरेको, प्रदेशको विकास निर्माण र महामारीमा शिक्षक विद्यार्थी, प्राध्यापक र कर्मचारीहरुलाई खोपको मागको बारेमा समस्या देखाउन खुला पत्र लेख्दैछैन । मैले शिक्षक प्राध्यापकहरुले वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्न नेट शुल्क, ल्यापटप÷मर्मत शुल्कको समस्या उठान गर्न पनि खोजेको होइन ! डेढ महिनाभन्दा बढी निषेधाज्ञा हुँदा गरिब श्रमिक मजदुरहरुलाई राहत माग्न पनि पत्र लेखेको छैन ! मैले मुख्यमन्त्री जस्तो गरिमामय उच्च पदमा आसिन मानियज्यूलाई ठूलो हिम्मत र शाहस गरेर आज तपाईंको वैधानिकताकोबारे प्रश्न उठान गर्ने दुस्साहस गरेको छु ।

    मुख्यमन्त्रीज्यू,

    तपाईँ दोस्रोपटक मुख्यमन्त्री नियुक्ति छलछाम, जालझेल र छलकपटबाट भएको प्रष्ट छ, प्रदेशप्रमुख जस्तो गरिमामय पदमा बसेको मानिस आफ्नो पदको मर्यादा नराखी मुख्यमन्त्रीको अफिसमा गएर सपथ खुवाउनु निति–नियम र प्रचलित परम्पराभन्दा फरक देखियो ! मुख्यमन्त्रीमा विवाद छ, विवाद निरुपण गर्नु पनि लोकतान्त्रिक मूल्य–मान्यताभित्रै पर्दछ । मुखले वा आफ्नो समर्थकको एउटा लेखमा बुहुमत–अल्पमतको निरुपण हुँदैन । विवादमा आएपछि त्यसको समाधान हुनैपर्छ । यदि मुख्यमन्त्री नियम कानुन ,प्रचलित मूल्य–मान्यतामा चल्ने हो उनी पदको भोका होइनन, पदमा सुपरग्लु लगाएर टाँसिए झै टासिन मन छैन र तपाईँसँग साच्चै दम छ, हिक्मत छ भने सुदूरपश्चिम र गण्डकी प्रदेशमा झै विश्वासको मत प्रदेशसभाबाट लिएर बहुमत सिद्ध गर्न चुनौती दिन्छु ।

    यदि बलजफ्ती गर्दछु, नियम–कानुन मान्दिन भन्ने अहंकार र दम्भ छ भने प्रदेश सरकारको नीति तथा कार्यक्रम तथा बजेट प्रदेशसभाबाट बहुमतबाट फेल भएको सुन्न नपरोस् !

    कसको बहुमत छ, को अल्पमतमा छ त्यसको प्रयोग प्रदेशसभाले गर्ने पाउने अधिकार कुण्ठित गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत छ । त्यसकारण आफू कानुनी रूपमा सुरक्षित रहन र विवाद समाधान गर्न विश्वासको मत लिन उपयुुक्त देखिन्छ ।
    धन्यवाद !

    उही तपाईँको शुभचिन्तक
    नुरजंग केसी
    प्राध्यापक
    बुटबल मल्टिपल क्याम्पस


    मंगलवार, जेठ २५ २०७८०४:१८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij