Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माओवादी सरकार जोगाउने माधव समूहका १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण

माओवादी सरकार जोगाउने माधव समूहका १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण

  • बिहिवार, जेठ २७ २०७८

  • 972
    SHARES

  • माओवादी सरकार जोगाउने माधव समूहका १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण

    काठमाडौँ – सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै केपी ओली पक्षीय नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले झलनाथ खनाल –माधव नेपाल समूहका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।

    पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएको भन्दै एमाले प्रदेश कमिटीले १७ जनालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार स्पष्टीकरणको बोधार्थ एमाले केन्द्रीय कार्यालयमा समेत दिइएको छ ।

    उनीहरुलाई पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्ने भनिएको छ ।

    मुख्यमन्त्री भट्ट माओवादी केन्द्रका नेता हुन् । केही दिनअघि मुख्यमन्त्रीले विश्वासको मत लिँदा माधव नेपाल पक्षका १७ सांसदले भट्टको पक्षमा मत दिएपछि उहाँको पद जोगिएको थियो । यसअघि माधव पक्षले भट्टलाई मत नदिने ओली पक्षका सात सांसदलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

    भट्ट नेतृत्वको सरकार ढाल्ने उदेश्यले गत जेठ १० गते एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।


    बिहिवार, जेठ २७ २०७८०५:०४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij