Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

रत्नाकरलाई वाल्मिकी बन्न किन नदिने ?

रत्नाकरलाई वाल्मिकी बन्न किन नदिने ?

  • डा. बाबुराम भट्टराई
  • सोमवार, जेठ ३१ २०७८

  • 1.4K
    SHARES

  • रत्नाकरलाई वाल्मिकी बन्न किन नदिने ?

    राजीव गुरूङ ( दीपक मनाङ्गे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसँग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन् । यसलाई अन्यथा मान्नु हुन्न ।

    mange-bhatarai.jpg

    मेरो सुविचारित र अनुभवजन्य मान्यता छ– कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न । समाज-राज्यले मान्छेलाई अपराधी बनाउँछ । साथै, वर्गीय-जातीय-लैंगिक विभेद भएको समाजमा राज्य-समाजको वर्चस्वशाली तप्काले उत्पीडित-बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ । अतः अपराध-अपराधी एक सापेक्ष अवधारणा हो ।

    मैले २०५९-६० सालको दोस्रोे वार्ताकालमा देशका विभिन्न जेल-बन्दीगृहको भ्रमण गरेपछि भनेको थिए– नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन् । अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन् । त्यही सोंचका साथ आफू प्रधानमन्त्री छँदा मैले जेल सुधारका निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ । जसको प्रतिवेदन अझै कार्यान्वयन हुन सकेको छैन ।

    रत्नाकर डाकु वाल्मिकी बनेको हामी सबैले सुनेकै छौं । त्यसैले राजीव गुरूङहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?

    (भट्टराई जसपाका संघीय परिषद् अध्यक्ष हुनुहुन्छ । उहाँले गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङ्गेलाई लक्षित गर्दै ‘सबै डाकु वाल्मिकी नहुँदा रहेछन्’ भन्ने धारणाको प्रतिवाद गर्दै सामाजिक सञ्जालमा राख्नुभएको धारणामा ।)


    सोमवार, जेठ ३१ २०७८१२:५०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij