एजेन्सी । पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च कप फुटबलको उपाधिमाथि कब्जा जमाएको छ । गय राति सम्पन्न फाइनल खेलमा १० खेलाडीमा सीमित भएको सेन्ट–इटिएनलाई १–० ले पराजित गरेर पिएसजीले उपाधि आफ्नो पक्षमा पारेको हो ।
केलियन एम्बाप्पेमाथि गरिएको खराब ट्याकलका कारण उनलाई रातो कार्ड देखाईएको थियो । पहिलो चोटमै चोट बोकेका एम्बाप्पे आँशु झार्दै मैदान छाडेका थिए । त्यसपछि सेन्ट–इटिएन १० खेलाडीमा सिमित रहेको थियो । एम्बाप्पेको चोटले च्याम्पियन्स लिगमा अर्को महिना क्वार्टरफाईनलको खेलमा एटलान्टासंग खेल्न लागेको पीएसजीलाई चिन्ता थपेको छ ।
घरेलु मैदानमा भएको खेलमा नेइमारले १४ औँ मिनेटमा निर्णायक गोल गर्दै पिएसजीलाई जित दिलाएका हुन् । पिएसजीले १३ औँ पटक कपको उपाधि जितेको हो । यो खेलका लागि रंगशालामा केही दर्शकलाई उपस्थित हुन स्वीकृति दिइएको थियो । गएको अप्रिलमा कोरोना भाइरसको महामारीका कारण लिग टुंगिएपछि फ्रान्समा भएको यो पहिलो खेल हो ।