Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जसपा ठाकुर समूहको बैठक १ बजे बस्दै, के छलफल हुँदैछ ?

जसपा ठाकुर समूहको बैठक १ बजे बस्दै, के छलफल हुँदैछ ?

  • बुधवार, आषाढ १६ २०७८

  • 783
    SHARES

  • जसपा ठाकुर समूहको बैठक १ बजे बस्दै, के छलफल हुँदैछ ?

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको कार्यकारिणी समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

    बैठकमा निर्वाचन आयोगसँग जोडिएको पार्टीको विवाद र समूहभित्रको असन्तुष्टिका सम्बन्धमा छलफल हुने जनाइएको छ । जसपाको वैधानिकताको विवाद अहिले निर्वाचन आयोगमा छ ।

    जसको दबाब ठाकुर–महतो पक्षलाई बढी नै देखिन्छ । आफ्नै समुहका नेताहरुबीच असन्तुष्टि बढेपछि ठाकुर पक्षमा समस्या चुलिएको छ ।

    सर्बोच्च अदालतको गत असार ८ गतेको आदेशले सरकार छोड्न बाध्य हुनुभन्दा अघिदेखि नै ठाकुर–महतो पक्षभित्र असन्तुष्टि बढेको थियो ।

    अहिले बाहिर नै प्रकट भइरहेको छ । अर्कातिर पार्टीको विवाद निर्वाचन आयोगले टुंगो लगाउने प्रक्रियामा छिरेर २२ असारमा दुवै पक्षलाई बोलाएको छ ।

     


    बुधवार, आषाढ १६ २०७८१२:१०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij