म नेपाली कांग्रेसको युवा नेता हुँ । मैले आसन्न १४औं महाधिवेशनमा पार्टी रूपान्तरणको लागि प्रस्ताव ल्याउँदै छु । कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको दाबी गर्नेहरूको संख्या दिनदिनै थपिइरहेको छ । यस्तो अवस्थामा मैले रुपान्तरणका नयाँ प्रस्ताव ल्याउने तयारी गरेको छु ।
पार्टीभित्र वैचारिक बहसका लागि राजनीतिक प्रस्ताव ल्याउन लागेको हुँ । कांग्रेसमा अहिले भावी नेतृत्वको चर्चा भइरहँदा नीतिबारे भने बहस शुन्य छ ।कांग्रेस वैचारिक रूपमा सशक्त भए मात्रै देशमा लोकतन्त्र र संविधानको रक्षा हुन्छ । त्यसका लागि महाधिवेशन वैचारिक विमर्श गर्ने उपयुक्त थलो हो । व्यक्ति होइन विचार, पद होइन पद्धति, सत्ता होइन समाज, नेता होइन नीतिको मूल मर्म र आदर्शमा आधारित नैतिक मूल्य मान्यतासहितको राजनीतिक शुरुवात नेपाली कांग्रेसले गर्नुपर्छ । ।
पार्टीभित्रको गुटबन्दी अन्त्यका लागि पनि म केही नयाँ प्रस्तावहरू ल्याउने तयारीमा छु । कांग्रेसको विचारलाई सशक्त बनाउने र त्यसलाई तल्लो तहसम्म पु¥याउनका लागि जागरण अभियान चलाउने, समानुपातिकबाट एकपटक सांसद बनेको व्यक्तिलाई कुनै पनि हालतमा दोहो¥याउनु नहुने, पार्टीको आन्तरिक निर्वाचनमा पनि समावेशीबाट प्रतिनिधित्व गर्ने पदमा एकपटकभन्दा बढी अवसर नपाउने व्यवस्था कडाइका साथ लागू गर्नेलगायतका प्रस्ताव ल्याउने गरी मैले तयारी गरिहेको छु । केही दिनमा नै म कांग्रेस रूपान्तरणको उक्त प्रस्ताव वैचारिक विमर्शका लागि पुस्तककै रूपमा ल्याउँदै छु ।
(तरूण दलका महासचिव र नेविसंघका पूर्वउपाध्यक्षसमेत रहेका युवा नेता शाही पार्टी आगामी महाधिवेशनमा सह–महामन्त्रीका आकांक्षी हुनुहुन्छ ।)