Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
संसद् विघटनको मुद्दाबारे अन्तिम सुनुवाइ :

आज क–कसले गर्दैछन् बहस ?

आज क–कसले गर्दैछन् बहस ?

  • सोमवार, आषाढ २१ २०७८

  • 589
    SHARES

  • आज क–कसले गर्दैछन् बहस ?

    काठमाडौं – प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइमा अन्तिम बहस सुरु भएको छ । आज वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस सुरु गर्नु भएको छ । आज रिट निवेदक पक्षका ३ जना वरिष्ठ अधिवक्ताले बहस गर्नुहुनेछ । आज वरिष्ठ अधिवक्ता हरिहर दाहालसँगै शम्भु थापा, बद्रीबहादुर कार्कीले रिट निवेदकका पक्षबाट जवाफी बहस गर्नुहुने छ ।

    सुनुवाइअन्तर्गत अब चार घण्टा मात्र बहसको समय बाँकी रहेको छ । रिट निवेदक तर्फका कानून व्यवसायीलाई जवाफी बहसका लागि दुई घन्टाको समय बाँकी छ ।

    आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकाएसँगै रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस सुरु गरेका थिए । निवेदक पक्षबाट आइतबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्नु भएको थियो । पक्षका कानुन व्यवसायीको जवाफी बहसका लागि तीन घण्टाको समय निर्धारण गरिएको छ ।पक्षका कानुन व्यवसायीको जवाफी बहस सकिएपछि एमिकस क्युरीले इजलासलाई राय दिने क्रम शुरु हुने छ ।

    सर्वोच्चको संवैधानिक इजलासले एमिकस क्युरीका लागि २ घण्टाको समय छुट्याएको छ । सर्वोच्च बारबाट एमिकस क्यूरीका रुपमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीलाई पठाएको छ भने नेपाल बारबाट राघवलाल वैद्य र उषा मल्ल पाठकले बहस गर्नुहुनेछ ।


    सोमवार, आषाढ २१ २०७८१२:३६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij