Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दक्षिण एसियाली नेतासँग छलफल गर्दै चिनियाँ राष्ट्रपति सी, प्रधानमन्त्री ओली पनि सहभागी हुने

दक्षिण एसियाली नेतासँग छलफल गर्दै चिनियाँ राष्ट्रपति सी, प्रधानमन्त्री ओली पनि सहभागी हुने

  • मंगलवार, आषाढ २२ २०७८

  • 1.4K
    SHARES

  • दक्षिण एसियाली नेतासँग छलफल गर्दै चिनियाँ राष्ट्रपति सी, प्रधानमन्त्री ओली पनि सहभागी हुने

    काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) एक सय वर्ष पुगेको उपलक्ष्यमा पार्टीका महासचिवसमेत रहेका चीनका राष्ट्रपति सी चिनफिङले दक्षिण एसियाली मुलुकका शीर्ष नेताहरुसँग आज साँझ भर्चुअल अन्तरक्रिया गर्दैछन् ।

    चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार उक्त अन्तरक्रियाको मुख्य वक्ता सी रहनेछन् भने नेपालसहित दक्षिण एसियाका शीर्ष नेताहरुले पनि आ–आफ्ना धारणा राख्नेछन् ।

    नेपालबाट नेकपा (एमाले)का अध्यक्षसमेत केपी शर्मा ओलीको पनि उक्त कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भइसकेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

    xi.jpg

    ‘चीनले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सयौं वर्षगाँठलाई उत्सवको रुपमा मनाइरहेको कार्यक्रम रहेछ । चिनियाँ पक्षको निमन्त्रणा स्वीकार गर्दै प्रधानमन्त्रीज्यूले पनि सहभागिता जनाउनुहुने कार्यक्रम रहेको छ’, उहाँले भन्नुभयो ।

    यस्तै, कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलगायतका नेताहरुले पनि उक्त भर्चुअल बैठकमा सहभागिता जनाउनु हुनेछ ।


    मंगलवार, आषाढ २२ २०७८१२:२४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij