Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज पनि झण्डै तीन हजार संक्रमित थपिए, २८ जनाको मृत्यु

आज पनि झण्डै तीन हजार संक्रमित थपिए, २८ जनाको मृत्यु

  • बुधवार, आषाढ २३ २०७८

  • 829
    SHARES

  • आज पनि झण्डै तीन हजार संक्रमित थपिए, २८ जनाको मृत्यु

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा २८ जनाको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो संख्या आफैँमा कम भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताउनुभयो । लक्षण भएका संक्रमितको सरकारी अस्पतालहरुमा निःशुल्क परीक्षण हुने भन्दै उहाँले यदि कसैलाई कोरोना संक्रमणको लक्षण भए परीक्षण गराउन आग्रह गर्नुभयो ।

    यस्तै देशभरमा ४०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार थप भएका संक्रमितमध्ये काठमाडौँ उपत्यकाका ५४३ जना छन्, जसमा काठमाडौँका ३९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना छन् ।

    हाल उपत्यकाका तीनसहित कास्की, चितवन, मकवानपुर, झापा, मोरङ र सुनसरीमा संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छन् ।


    बुधवार, आषाढ २३ २०७८०५:४७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij