Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा १८७५ संक्रमित थपिए, २९ जनाको मृत्यु

२४ घण्टामा १८७५ संक्रमित थपिए, २९ जनाको मृत्यु

  • बिहिवार, आषाढ २४ २०७८

  • 662
    SHARES

  • २४ घण्टामा १८७५ संक्रमित थपिए, २९ जनाको मृत्यु

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

    सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन्।
    यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५०४ जनामा कोरोना परीक्षण भएको थियो।

    जसमा एन्टिजेन विधिबाट ५ हजार १३० जना र पीसीआर विधिबाट ५ हजार ३७४ जनामा परीक्षण भएको हो ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । यो पीसीआर परीक्षणबाट पुष्टि संक्रमितको संख्या हो ।

    यस्तै एन्टिजेन विधिबाट हालसम्म ४१ हजार ४६९ जनामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै हालसम्म ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हालसम्म ९ हजार ३२० जनाले ज्यान गुमाएका छन् ।


    बिहिवार, आषाढ २४ २०७८०५:४३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij