Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२ हजार १६९ संक्रमित थपिए, २२ जनाको मृत्यु

२ हजार १६९ संक्रमित थपिए, २२ जनाको मृत्यु

  • शनिवार, आषाढ २६ २०७८

  • 721
    SHARES

  • २ हजार १६९ संक्रमित थपिए, २२ जनाको मृत्यु

    काठमाडौँ – पछिल्लो २४ घन्टामा मुलुकभर थप २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    १० हजार ४१७ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पाइएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार २५७ पुगेको छ ।

    कुल संक्रमितमध्ये ६ लाख १८ हजार ३६१ जना उपचार पछि निको भएका छन् ।

    शनिवार मात्रै १ हजार ४३२ जना निको भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार, निको भएको दर ९४.५ प्रतिशत रहेको छ ।

    यस दिन २२ संक्रमितको मृत्यु भएको छ ।

    यससँगै मुलुकभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३ सय ६२ पुगेको छ ।


    शनिवार, आषाढ २६ २०७८०५:०२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij