काठमाडौं –अमेरिकाले नेपाललाई उपलब्ध गराएको १५ लाख ३४ हजार ८५० डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुुगेको छ । आज बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारबाट उपहारस्वरूप प्राप्त उक्त खोप जिम्मा लिएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
उक्त खोप अमेरिका सरकारको प्रत्यक्ष सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत नेपाल सरकारलाई अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनमार्फत दिएको हो ।
कोभ्याक्स कार्यक्रममार्फत पठाएको जोन्सन एन्ड जोन्सन खोप एक डोज मात्रै लगाइने खोप हो ।
अमेरिकाले नेपाललाई उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ५० देखि ५५ वर्षका नागरिकलाई दिइने स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले बताउनुभएको छ ।