Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२,३९८ संक्रमित थपिए, कुन जिल्लामा कति?

२,३९८ संक्रमित थपिए, कुन जिल्लामा कति?

  • मंगलवार, आषाढ २९ २०७८

  • 918
    SHARES

  • २,३९८ संक्रमित थपिए, कुन जिल्लामा कति?

    काठमाडौँ – पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २,३९८ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०७८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।

    कुन जिल्लामा कति संक्रमित थपिए?

    स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१०, झापामा १४८, कास्कीमा १४६, सुनसरीमा १११ र ललितपुरमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भक्तपुरमा ८०, मोरङ र नुवाकोटमा ६०/६० जना, चितवनमा ५३, दोलखामा ४५, कञ्‍चनपुरमा ३५, मकवानपुरमा ३१, कैलालीमा २९, काभ्रेपलाञ्चोकमा २३, रुपन्देही र सल्यानमा २२/२२ जना कोरोना संक्रमित थपिएका छन् ।

    नवलपरासी पूर्व, बागलुङ र सुर्खेतमा २१/२१ जना, पाल्पामा २०, धादिङ र तनहुँमा १४/१४ जना, बारामा १२ र स्याङजामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    यस्तै १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    मंगलवार, आषाढ २९ २०७८०६:०३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij