Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शशांक निवासमा मन्त्री छान्दै पौडेल समूहका नेता

शशांक निवासमा मन्त्री छान्दै पौडेल समूहका नेता

  • बिहिवार, आषाढ ३१ २०७८

  • 2.5K
    SHARES

  • शशांक निवासमा मन्त्री छान्दै पौडेल समूहका नेता

    काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुको बैठक बस्दैछ । महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बोलाइएको बैठकमा सरकारमा सहभागी हुन पठाउने मन्त्रीहरुको बारेमा छलफल हुने बताइएको छ ।

    कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले हाल कांग्रेसबाट दुई जनालाई मात्र मन्त्रिपरिषद्मा सामेल गर्नुभएको छ । बालकृष्ण खाँणलाई गृह मन्त्रालय र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    सरकारमा सहभागी माओवादीका दुई जना मन्त्रीमध्ये पम्फा भुसालले ऊर्जा र जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्य मन्त्रालयहरु प्रधानमन्त्री देउवाले आफैंसँग राख्नुभएको छ । उहाँले मन्त्रीहरुको नामावली छिटो पठाइदिन पौडेल पक्षलाई आग्रह गर्दै आउनुभएकाले त्यसबारे आज निर्ण गर्न बैठक बसेको पौडेल समूहका एक नेताले बताए ।


    बिहिवार, आषाढ ३१ २०७८०२:४४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij