Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संक्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौं : स्वास्थ्य मन्त्रालय (विज्ञप्तिसहित)

संक्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौं : स्वास्थ्य मन्त्रालय (विज्ञप्तिसहित)

  • बिहिवार, श्रावण ७ २०७८

  • 975
    SHARES

  • संक्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौं : स्वास्थ्य मन्त्रालय (विज्ञप्तिसहित)

    काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ ।
    मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने जानकारी दिनुभएको हो ।

    तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य संघसंस्थालाई अक्सिजन, शय्यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ ।
    मन्त्रालयबाट तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले बताउनुभयो ।

    ’सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौं’, उहाँले भन्नुभयो, ’तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले उनीहरुका लागि सघन उपचारकक्ष (आइसियु) र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौं ।’

    नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको संक्रमण कायम छ । नेपालमा अहिलेसम्म सात लाख २४ हजार ४५५ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यस्तै, ६ लाख ३६ हजार ४०२ व्यक्ति स्वास्थ्य लाभ गरी घर फर्किएका र नौ हजार ६३७ को संक्रमणबाट मृत्यु भइसकेको छ ।

    218310539_3193701727531316_3333284377361879108_n.jpg

     

     


    बिहिवार, श्रावण ७ २०७८०४:०४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij