Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
विमलाको बयान :

‘मुख्यमन्त्री निवासमा बन्धक बनाएर जबर्जस्ती हस्ताक्षर गराइयो’ (विज्ञप्तिसहित)

‘मुख्यमन्त्री निवासमा बन्धक बनाएर जबर्जस्ती हस्ताक्षर गराइयो’ (विज्ञप्तिसहित)

  • बिहिवार, श्रावण २१ २०७८

  • 1.1K
    SHARES

  • ‘मुख्यमन्त्री निवासमा बन्धक बनाएर जबर्जस्ती हस्ताक्षर गराइयो’ (विज्ञप्तिसहित)

    काठमाडौं – केही समयदेखि सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली आज सार्वजनिक हुनुभएको छ । उहाँले आज बुटबलमा पत्रकार सम्मलन गर्दै एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र सांसद मानबहादुर राउतले आफूलाई नेपालगञ्ज भनेर जबरजस्ती बुटवल लगेको दावी गर्नुभएको छ ।

    ‘गत साउन १५ गते म उपचारका लागि नेपालगञ्ज जान लागिरहेका बेला ढकाल र रावत घरमै आए । उनीहरुले आफूहरु पनि नेपालगञ्ज नै जान लागेको र पुर्याइदिने भने । त्यसपछि म गाडीमा बसेँ । तर उनीहरुले नेपालगञ्ज लैजानुको साटो गाडी बुटवलतर्फ हुँइक्याए’, उहाँले भन्नुभयो ।

    त्यस्तै, आज प्रेस विज्ञप्ति जारी गर्दै सांसद वलीले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको, माइन्युटहरूमा जबर्जस्ती हस्ताक्षर गराइएको र मानसिक पीडा दिइएको उल्लेख गर्नुभएको छ ।

    यस्तो छ विज्ञप्ति :

    1.jpg02.jpg3.jpg4.jpg

     

     


    बिहिवार, श्रावण २१ २०७८०२:३३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij