Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित

  • मंगलवार, श्रावण १३ २०७७

  • 858
    SHARES

  • बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित

    काठमाडौं । स्थगित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः सुरु भएको छ । यसअघि आज (मंगलबार) बिहान ११ बजेका लागि तय गरिएको स्थायी कमिटी बैठक अध्यक्ष ओलीले एकतर्फी रुपमा अनिश्चितकालका लागि स्थगित गर्नुभएको थियो । उक्त बैठक पुनः सुरु भएको हो ।

    बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित हुनुहुन्छ । ओलीले बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बैठक राख्ने भन्दै बालुवाटार पुगेका थिए । बालुवाटारमा बैठक सुरु गर्ने तयारी भएपनि नेताहरु नजुटेपछि प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए । प्रचण्ड र खनाल ओलीलाई भेटेर फर्किएपछि स्थायी कमिटी बैठक सुरु भएको हो ।

    सोमबार प्रचण्ड–नेपाल समूहको बैठकले ओली सहमत नभए बहुमतले निर्णय गरेर जाने सहमति भएको थियो । सोहीअनुसार आज बैठक बोलाइएको हो ।


    मंगलवार, श्रावण १३ २०७७०२:३५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij