एजेन्सी – इङ्गिलस प्रिमियर लिग फुटबलको उद्घाटन खेलमा पूर्वविजेता आर्सनल नवप्रवेशी ब्रेन्टफोर्डसँग स्तब्ध भएको छ । गएराति भएको खेलमा आर्सनललाई बेन्टफोर्डले २–० गोल अन्तरले स्तब्ध बनाएको हो ।
ब्रेन्टफोर्डका लागि २२ औँ मिनेटमा सेर्गी कानोस र ७३ औँ मिनेटमा क्रिश्चियन नोगार्डले गोल गरेका हुन् ।
एलेक्सान्डर लाकाजेट र पिएर–एमरिक ओमाबियामङबिना मैदानमा उत्रिएको आर्सनल कमजोर देखिएको थियो ।
घरेलु मैदान ब्रेन्टफोर्ड सामुदायिक रङ्गशालामा भएको खेलमा ब्रेन्टफोर्डले बलियो टिममाथि शानदार जित निकालेर प्रिमियर लिग यात्रा थालेको हो । ब्रेन्टफोर्ड यसै सिजन डिभिजनबीबाट एमा बढुवा भएको हो ।
यता आर्सनल भने तीनपटकको प्रिमियर लिग च्याम्पियन क्लब हो ।