Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्डले पाँच महिनाअघि नै गरेका थिए एमाले फुट्ने घोषणा

प्रचण्डले पाँच महिनाअघि नै गरेका थिए एमाले फुट्ने घोषणा

  • आइतवार, भाद्र ६ २०७८

  • 850
    SHARES

  • प्रचण्डले पाँच महिनाअघि नै गरेका थिए एमाले फुट्ने घोषणा

    काठमाडौँ – नेकपा फुटेपछि एमालेभित्र पनि द्वन्द्व चर्किएका बेला गएको फागुन २८ गते बुटवलमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल समूहले एमाले कब्जा गर्ने अन्यथा विद्रोह गर्ने भविष्यवाणी गर्नुभएको थियो ।

    उक्त दिन प्रचण्डले अब एमाले एक भएर रहने स्थिति नरहेको दाबी पनि गर्नुभयो । पाँच महिनाअघि प्रचण्डले गरेको भविष्यवाणी बमोजिम नै अहिले एमाले फुटेको छ ।

    माधव नेपालहरुले एमाले कब्जा गर्न नसके पनि विद्रोह गरेर नयाँ पार्टी निर्माण गरेको छन् । बुटवलको सभामा प्रचण्डले विद्रोह गरेर आउने माधव समूह र आफूहरुबीच फेरि एकता हुने दाबी पनि गर्नुभएको थियो ।

    सकेसम्म एमालेको नेतृत्वमा माधव नेपाललाई ल्याउने नभए पार्टी फुटाएर माधव समूहलाई मात्रै भए पनि आफूतिर तान्ने प्रचण्डको योजना अहिले कार्यान्वयनको चरणमा छ ।

    राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी प्रचण्डको रणनीति अनुरुप नै एमाले विभाजन भएको प्रष्ट पार्नुभयो ।

    माधव समूहले सके एमाले कब्जा गर्ने र ओलीलाई हटाउने अन्यथा विद्रोह गरेर आफूहरुसँग एकतावद्ध हुन आउने प्रचण्डको भविष्यवाणी मिल्ने क्रममा छ । एमाले फुटिसकेको छ भने अब एकताका लागि लागि पनि वार्ता गर्ने निर्णय माओवादी केन्द्रले आज गरेको छ ।

    कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरण गर्ने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

    अर्थमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अर्का प्रभावशाली नेता जनार्दन शर्माले पनि कम्युनिष्ट पार्टीहरुबीच एकताका लागि माओवादीले पहले गर्ने बताउनुभयो ।

    अहिले पार्टीमा भित्रिएका नेताहरुलाई व्यवस्थापन गर्ने र त्यसपछि कम्युनिष्ट एकताका लागि पहल गर्ने पार्टीको नीति रहेको उहाँले बताउनुभयो ।

    माधव नेपालको नयाँ पार्टीसँग एकता गर्ने मनसायका साथ माओवादीले कम्युनिष्ट एकताका लागि वार्ता गर्ने निर्णय गरेपनि तत्काल त्यो सम्भव देखिँदैन ।

    किनभने एमाले छाडेर नयाँ पार्टी निर्माण गरे पनि उक्त पार्टीमा लागेका नेताहरु अझै पनि एमालेकै एकता खोजिरहेका छन् ।

    माधव नेपाल स्वयंले पनि ओलीसँग सम्मानजनक एकताका लागि जुनसुकै बेला तयार रहेको बताउँदै आउनुभएको छ ।

     


    आइतवार, भाद्र ६ २०७८०७:४८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij