Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

महाधिवेशनका लागि अझै गाँठो फुकेको छैनः रामचन्द्र पौडेल

महाधिवेशनका लागि अझै गाँठो फुकेको छैनः रामचन्द्र पौडेल

  • बुधवार, भाद्र ९ २०७८

  • 759
    SHARES

  • महाधिवेशनका लागि अझै गाँठो फुकेको छैनः रामचन्द्र पौडेल

    काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अझै पनि तोकिएको समयमा महाधिवेशन हुनेमा आशंका रहेको बताउनुभएको छ।

    पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको धर्नामा ऐक्यवद्धता जनाउन पुगेका उहाँले भदौ १८ गते वडा अधिवेशन शुरु गर्ने गरी ल्याइएको नयाँ कार्यतालिका कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभयो।

    भदौ १८ गते वडाको चुनावको तिथि तय गरिएको छ । सभापतिजीले चुनाव शुरु हुन्छ, हुन्छ भन्नुभएको छ तर पार्टी मातहतका संयन्त्रबाट त्यो गाँठो फुकेको छैन’ उहाँले भन्नुभयो, ‘क्रियाशील सदस्यता टुंगो नलागी चुनाव कसरी हुन्छ?’

    पौडेल पक्षले पार्टीको क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्नुपर्ने माग गर्दै आएको छ । पौडेलले क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याएको सदस्यता विवरण कम्प्युटरमा इन्ट्री गरेर सबैले हेर्न मिल्ने बनाउनुपर्ने बताउनुभयो।

    क्रियाशील सदस्यता टुंगो लगाउन पार्टीले बनाएको समितिको मापदण्डको आधारमा काम गर्ने हो भने १/२ दिनमा टुंगो लाग्ने नेता पौडेलले बताउनुभयो।

    पछिल्लो समय निर्धारित कार्यतालिकाअनुसार अधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्ने भन्दै पौडेलले भन्नुभयो, ‘केन्द्रीय नेतृत्व इमान्दार भएर पार्टीलाई बचाउने काममा लागौँ, विधानको परिधीभित्र अधिवेशनको सुरुवात गर्न सक्छौँ।’

    सभापति देउवाले अधिवेशन गर्छु भन्ने तर गर्ने वातावरण नबनाएको भन्दै उहाँले आलोचना गर्नुभयो।


    बुधवार, भाद्र ९ २०७८०५:१५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij