Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोग र सभामुखविरुद्ध कानूनी उपचारमा जाने एमालेको निर्णय

निर्वाचन आयोग र सभामुखविरुद्ध कानूनी उपचारमा जाने एमालेको निर्णय

  • बिहिवार, भाद्र १० २०७८

  • 706
    SHARES

  • निर्वाचन आयोग र सभामुखविरुद्ध कानूनी उपचारमा जाने एमालेको निर्णय

    काठमाडौँ – नेकपा एमालेले पार्टीको कारवाहीमा परिसकेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको छ ।

    १४ जना सांसदलाई विधान र कानूनबमोजिम गरिएको कारवाहीलाई अघि नबढाएकोमा सभामुख अग्नि सापकोटा र कारवाहीमा परेका व्यक्तिको सनाखत लिएकोमा निर्वाचन आयोगविरुद्ध कानूनी उपचारमा जाने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको सचिव प्रदीप ज्ञवालीले बताउनुभयो।

    बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णय समेत गरेको छ ।


    बिहिवार, भाद्र १० २०७८०५:१३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij