Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

  • मंगलवार, भाद्र १५ २०७८

  • 912
    SHARES

  • बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

    काठमाडौँ – नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ ।

    नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ ।

    १०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बन्नुभएको थियो ।

    तर त्यही दिन एमाले फुटेर नेकपा समाजवादी एकीकृत बन्यो । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ ५ बजेसम्मको समय दिएको छ ।

    मंगलबार एमालेका १२ सांसदले निर्वाचन आयोगको प्रदेश कार्यालय गएर एकीकृत समाजवादी रोजेको जानकारी दिएका छन् ।

    ‘२३ गते आयोगले हाम्रो दलमा सांसद संख्या यति छ भनेर दिन्छ, लगत्तै हामी प्रदेशसभामा पेश गर्छौं,’ एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले भन्नुभयो, ‘त्यो दिनदेखि सरकार अल्पमतमा पर्‍यो ।’

    यो सरकार जोगाउने कुनै बाटो नभएको भन्दै उहाँले एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार बन्ने बताउनुभयो ।

    मुख्यमन्त्रीको उम्मेदवार को भन्ने प्रश्नमा पाण्डेले भन्नुभयो, ‘पार्टीले मलाई नै अगाडि सारेको छ । सत्तारुढ गठबन्धनमा पनि म सबैको सहमतिको उम्मेदवार हुँ ।’


    मंगलवार, भाद्र १५ २०७८०५:१०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij