Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रामचन्द्र पौडेलले गरे अन्तिम पटकका लागि सभापतिमा सघाउन आग्रह, जुटेन सहमति

रामचन्द्र पौडेलले गरे अन्तिम पटकका लागि सभापतिमा सघाउन आग्रह, जुटेन सहमति

  • बुधवार, भाद्र १६ २०७८

  • 864
    SHARES

  • रामचन्द्र पौडेलले गरे अन्तिम पटकका लागि सभापतिमा सघाउन आग्रह, जुटेन सहमति

    काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औँ महाधिवेशनमा आफूलाई सभापतिमा सघाउन इतर पक्षका नेताहरुलाई आग्रह गर्नुभएको छ । तर उहाँको पक्षमा सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।

    बुधबार इतर पक्षका सभापतिका दाबेदारहरुबीच भएको बैठकमा पौडेलले अन्तिम पटकका लागि आफूलाई सभापतिमा सघाउन आग्रह गर्नुभएको थियो ।

    आफूलाई सभापतिमा सघाए अरु नेताहरुलाई पदाधिकारीमा समेटेर अघि बढ्ने उहाँको भनाइ थियो । तर सभापतिका दाबेदार प्रकाशमान सिंह बाहेक सहभागी बैठकमा अधिकांशले उहाँको आग्रह अस्वीकार गरेका छन् ।

    रामचन्द्र समूहबाट सभापतिमा एकल उम्मेदवारी तय गर्नका लागि सहमति जुटाउने प्रयास लामो समय देखि भैरहेको छ, तर सहमति जुट्न सकिरहेको छैन ।

     


    बुधवार, भाद्र १६ २०७८०५:५२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij