Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा १ हजार ८९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

२४ घण्टामा १ हजार ८९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

  • आइतवार, भाद्र २० २०७८

  • 536
    SHARES

  • २४ घण्टामा १ हजार ८९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ५३४ जना निको भएका छन् ।

    आज थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या ७ लाख ६९ हजार २७१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ भने ७ लाख २७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर ३१ हजार २४८ जना सक्रिय संक्रमित संख्या रहेका छन् । जसमध्ये २९ हजार ८१ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार १६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यसमध्ये ५२३ जना आईसीयू र १६२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    आइतवार, भाद्र २० २०७८०४:३७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij